अवैध रूपमा सालका रूख काटेको आरोपमा सातजना पक्राउ

बुधबार, ११ साउन, २०७९
डिजिटल संस्करण

मकवानपुरको हेटौँडास्थित एक सामुदायिक वनमा रहेका ६७ सालका रूख अवैध रूपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया सुरु गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका– १४ ड्राइभरडाँडामा रहेको सामुदायिक वनभित्रका साना तथा ठूला गरी हरिया सालका रूख कटान गरेको आरोपमा  वन समितिका सातजनालाई पक्राउ गरिएको हो । 

चुरियामाई उपभोक्ता समितिअन्तर्गत रहेको मध्यवर्ती सामुदायिक वनमा रूख कटानी भएको विशेष जानकारी पाइएपछि पर्सा वन्यजन्तु आरक्षले मध्यवर्ती सामुदायिक वन समितिका पदाधिकारीसहितलाई पक्राउ गरेको जनाएको छ । 

आरक्षका सहायक वार्डेन सन्तोष भगतका अनुसार पक्राउ परेकाहरूमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको छ । उनले पक्राउ परेका  सातमध्ये  दुईजना ज्येष्ठ नागरिक रहेकाले निजका परिवारको राेहवरमा छाडिएको बताए ।  उक्त घटनाको  अनुसन्धान भइरहेकाले  पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन । रासस 

See More On

सुझावित समाचार