\'लगनको सारी\'को म्युजिक भिडियो सार्वजनिक

मंगलबार, १० साउन, २०७९
डिजिटल संस्करण

गीतकार देवी पराजुलीको तीज गीत 'लगनको सारी'को म्युजिक भिडियो सार्वजनिक भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका आसपास छायांकन गरिएको गीतको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो।

ज्योति प्रकाशको संगीत रहेको गीतमा बिन्दु परियारको स्वर रहेको छ। गोविन्द अञ्जान र दीपेन्द्र प्रकाश केसीको निर्देशनमा बनेको म्युजिक भिडियोमा दिब्यानी ओलीले मुख्य अभिनय गरेकी छिन्।

सांसद महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेत, राजु थापा तथा दिनेश थापाको सहकार्यमा छायांकनस्थल व्यवस्थापन गरेको भिडियो छायांकनका क्रममा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको सहभागिता रहेको थियो।

सुझावित समाचार