कोभिड-१९ संक्रमणको सातौँ लहर : जापानमा एकै दिन १ लाख २६ हजारमा संक्रमण

सोमबार, ९ साउन, २०७९
डिजिटल संस्करण

जापानमा सोमबार मात्र १ लाख २६ हजार ५७५ जनामा कोभिड-१९ (कोरोना) संक्रमण देखिएको छ। कोरोना संक्रमणको सातौँ लहरका  (बिए. ५ ओमिक्रोन) बीच दैनिक सो संख्यामा संक्रमित फेला परेका छन्। 

टोकियो महानगरीय सरकारका अनुसार सोमबार टोकियोमा अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या २२ हजार ३८७ जनाले बढेको छ। यस्तै, मध्य जापानको आइची प्रिफेक्चरमा  थप  ५ हजार १८ नयाँ संक्रमित फेला परेका छन्।

सुझावित समाचार