नेपालका लागि होन्डा मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिलाई टाटा ग्रिन ब्याट्रिजको टू ह्विलर्स होन्डा मोटरसाइकल तथा स्कुटर, होन्डा पावर प्रोडक्ट्स र होन्डा मोटर्सका निम्ति आधिकारिक वितरकमा नियुक्त गरिएको छ ।
टाटा ग्रिन ब्याट्रिज टाटा अटो कम्पनी जिवाई ब्याट्रिज प्रालिले उत्पादन गर्छ । स्याकार ट्रेडिङलाई आधिकारिक वितरक नियुक्त गर्दै टाटा ग्रिन ब्याट्रिजका सिइओ रवि गुप्ताले टाटा ग्रिन ब्याट्री, टू ह्विल्स ब्याट्रिजको भारतमा रहेका ठूला विक्रेतामध्ये एकमा पर्ने बताए । यसले होन्डा मोटरसाइकल र स्कुटर इन्डिया, टिएएस, जाभा, सुजुकी र पाजियोजस्ता उत्पादक कम्पनीमा ब्याट्री आपूर्ति गर्ने गरेको उनको भनाइ थियो । उनले भने, ‘नेपालमा एक प्रचलित नाम स्याकार ट्रेडिङ कम्पनीसँग संलग्न भई हामी हाम्रो सफलताको गाथा नेपालमा पनि दोहो¥याउन चाहन्छौँ र यो विश्वास पनि राख्छौँ कि यो सम्बन्धले नेपालमा टाटा ब्याट्रिजको उन्नतिलाई बढाउन अझै सहायता दिनेछ ।’
कार्यक्रममा स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले व्यवसायको दुनियाँमा टाटा एउटा प्रमुख ब्रान्ड भएको र त्यसैले टाटा ग्रुप कम्पनीसँग हात मिलाउनु स्याकारको इतिहासमा एउटा नयाँ चरम पुग्नुसरि भएको बताए । उनले भने, ‘हामी हाम्रो एक सय ५० विक्रेताको सञ्जालको पहुँचबाट नेपालको कुना–कुनासम्म पनि होन्डा ग्राहकसमक्ष टाटा ग्रिन ब्याट्रिज पु¥याउन सक्नेछौँ भन्नेमा विश्वस्त छौँ । हामी हाम्रो टिममार्फत, ग्राहकलाई उच्च सेवाले सम्मान गर्ने र ब्रान्डको राम्रो अनुभव दिनेछौँ ।’