अर्ना बियरले विगत दुई वर्षदेखि निरन्तर आयोजना गर्दै आएको सङ कन्टेस्ट यो वर्ष पनि सुरु गरेको छ । ओरिजिनल गीतहरूको क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो सङ कन्टेस्टका रूपमा अर्ना बियरले यो प्रतियोगिता अयोजना गरेको हो ।
कम्पनीले देशका कैयौँ गायक, संगीतकार तथा गीतकारलाई आफ्नो कला प्रदर्शन गर्न एक पृथक् मञ्च प्रदान गरेको जनाएको छ । आइतबारदेखि सुरु भएको प्रतियोगितामा इच्छुकले बनाएको ओरिजिनल गीतको अडियो फाइल अर्नाको फेसबुक पेज वा अर्नाको वेबसाइटमा पठाउन सक्ने जनाइएको छ ।
१० लाख रुपैयाँ पुरस्कार राशि रहेको यस प्रतियोगितामा सहभागी हुन भदौ १५ गतेभित्र आफ्नो गीत पठाइसक्नुपर्ने कम्पनीले जनाएको छ ।