अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवद्र्धन गर्न सम्झौता गरेको छ । आफ्नो अर्डरका लागि नगद अन डेलिभरीमार्फत भुक्तानी गर्न रुचाउने ग्राहकलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिएका हुन् ।
सम्झौतामा दराजका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख अरुण फुँयाल र नेप्सका सिबिओ पविन्द्र राजभण्डारीले हस्ताक्षर गरेको जनाइएको छ । दराजका डिजिटल पेमेन्ट एन्ड पार्टनरसिप प्रमुख फुँयालले भने, ‘नेपाली इ–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्नका लागि डिजिटल सपिङ प्लेटफर्म प्रयोग गर्दै ग्राहकलाई थप डिजिटल भुक्तानी विधिहरू छनोट गर्न प्रोत्साहित गर्न नेप्ससँगको साझेदारीप्रति हामी उत्साहित र आशावादी छौँ ।’