समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने मेटलाइफको योजना

बिहिबार, ५ साउन, २०७९
डिजिटल संस्करण

मेटलाइफ फाउन्डेसनले विश्वभरका अल्पसेवा र न्यून प्रतिनिधित्व भएका समुदायको आवश्यकतालाई सम्बोधन गरी समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने घोषणा गरेको छ । यो बहुआयामिक योजना मेटलाइफको २०३० विविधता, समता र समावेशिता प्रतिबद्धतालाई सहयोग गर्ने विश्वाससहित ल्याइएको हो । फाउन्डेसनले यसका लागि एक अर्ब ५० करोड डलर रहेको कोषले जनाइएको छ । मेटलाइफले २०२१ र २०३० को बीचमा ऐतिहासिक रूपमा सीमान्तकृत व्यक्तिहरू र तिनीहरूका परिवारहरूलाई समर्थन गर्न आठ लाख घन्टा कर्मचारी स्वयंसेवक खटाउने प्रतिज्ञा गरेको छ ।

मेटलाइफ फाउन्डेसनको अनुदान निर्माण र प्रभाव सम्वन्धी लगानी संयुक्त राष्ट्र दिगो विकास लक्ष्य र तीन मुख्य विषयमा वर्गीकरण गरिने जनाइएको छ । यसमा नयाँ अर्थतन्त्रमा प्रतिस्पर्धी हुनका लागि उच्च दक्षता र पुनः सीप गर्ने प्रतिभा विकास गराई आर्थिक समावेशीकरण गराउने रहेको छ । त्यस्तै, बजेट व्यवस्थापन, बचत, क्रेडिट र लाभमा पहुँचलाई एक उल्लेखनीय सम्पत्ति निर्माण योजनाको रूपमा सक्षम पार्ने वित्तीय स्वास्थ्य योजना र स्वास्थ्य स्रोतमा पहुँच विस्तार गर्दै, साथै जलवायुकेन्द्रित अनुदानमार्फत वातावरणलाई दिगो र स्वस्थ बनाउने गरी बलियो समुदाय निर्माण गर्ने योजना रहेको जनाइएको छ । 

मेटलाइफका कर्पोरेट मामिला प्रमुख र मेटलाइफ फाउन्डेसनका अध्यक्ष माइक जारकोनले एक सय ५४ वर्षदेखि मेटलाइफले आर्थिक सुरक्षा सिर्जना गरी स्रोत–साधनको फराकिलो प्रयोग गरेर आफूहरूले सेवा गर्ने समुदायमा सकारात्मक प्रभाव पारेको बताए । उनले भने, ‘मेटलाइफ फाउन्डेसनको अद्यावधिक फोकसका साथ, हामी विश्वभरका कमजोर र ऐतिहासिक रूपमा सीमान्तकृत समुदायका लागि अझ बढी न्यायपूर्ण र विश्वस्त भविष्यलाई अगाडि बढाउने लक्ष्य राख्छौँ ।’

२०२१ मा मेटलाइफका २५ हजारभन्दा बढी कर्मचारीहरूले ३७ देशमा ६१ हजारभन्दा बढी घन्टा स्वयंसेवा गरेको संस्थाले जनाएको छ । फाउन्डेसनका अध्यक्ष तथा सिइओ र मेटलाइफमा कर्पोरेट गिभिङ र कर्मचारी स्वेच्छिकताका प्रमुख टियाहोजेसले भने, ‘मेटलाइफको प्रतिभालाई मेटलाइफ फाउन्डेसनको परोपकारी लगानीहरूसँग संयोजन गरेर, हामीले मेटलाइफका कर्मचारीहरूको समय, विशेषज्ञता र जोशलाई विश्वभरका समुदायमा बल प्रदायक बन्नको लागि प्रयोग गरेर हाम्रो प्रभावलाई बढाउन सक्छौँ ।’
 

See More On

सुझावित समाचार