अर्थ समितिमा पूर्वअर्थमन्त्रीको बयान– भित्र को छिर्‍यो ? सुरक्षाकर्मी र मर्यादापालकलाई पनि थाहा होला

बिहिबार, ५ साउन, २०७९
डिजिटल संस्करण

बजेट निर्माणमा अनधिकृत र बाहिरका व्यक्तिलाई प्रवेश गराएको आरोप खेपिरहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले भित्र को छिर्यो ? को छिरेन भन्ने कुरा सुरक्षाकर्मी र मर्यादापालकलाई पनि थाहा हुनुपर्ने बयान दिएका छन् । संसदीय छानबिन समितिको बैठकमा  बयान दिँदै  उनले यदि आफूमाथि विश्वास नलागे सुरक्षाकर्मी र मर्यादापालकलाई पनि सोध्न आग्रह गरेका छन् ।

उनले सिसिटिभीले कति काम गर्ने, कहिलेसम्म काम गर्ने भन्ने विषय आफूलाई थाहा नभएकाले विज्ञलाई सोध्न आग्रह गरे । त्यस्तै, उनले सोही रात कोही अनधिकृत व्यक्तिलाई प्रवेश नगराएको दाबी गर्दै कसैलाई पोस्ने काम आफूबाट नभएको र नहुने जिकिर गरे । 

सिसिटिभी प्रकरण : बयानका लागि अर्थसमिति पुगे पूर्व अर्थमन्त्री शर्मा

सुझावित समाचार