श्रीलंकाको राष्ट्रपतिमा चुनिए रनिल विक्रमसिंघे

बुधबार, ४ साउन, २०७९
डिजिटल संस्करण

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमसिंघे चुनिएका छन् । यसअघि प्रधानमन्त्री रहेका  विक्रमसिंघेलाई त्यहाँको संसदले राष्ट्रपतिमा चुनेको हो । उनले संसदीय मतदानमा प्रमुख प्रतिद्वन्द्वी दुल्लस अलाहप्पेरुमालाई १३४ र ८२ मतान्तरले  पराजित गरेको बिबिसीले जनाएको छ । 

श्रीलंकाको राजनीतिमा  ४५ वर्षदेखि रहेका विक्रमसिंघे  ६ पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् ।  देश आर्थिक रूपमा टाट पल्टिएपछि त्यहाँ जनताले पूर्वराष्ट्रपति राष्ट्रपति गोटाबाया राजापाक्षे र स्वयं उनीविरुद्ध नै देशभर प्रदर्शन गरेका थिए । श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे गत हप्ता देश छोडेर भागेका थिए । विक्रमसिंघे श्रीलंकाली जनताको नजरमा अलोकप्रिय मानिएका छन् । 

सुझावित समाचार