राप्रपा दोस्रो चरणकाे आन्दोलनको मोडालिटी बनाउँदै

मंगलबार, ३ साउन, २०७९
डिजिटल संस्करण
राप्रपा दोस्रो चरणकाे आन्दोलनको मोडालिटी बनाउँदै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक । तस्बिर : प्रवक्ता माेहनकृष्ण श्रेष्ठकाे फेसबुक

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । 

बैठकमा पार्टीका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहरा, उपाध्यक्षहरू, महामन्त्रीहरू तथा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको उपस्थिति रहेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । 

बैठकमा ५ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा पेस हुने प्रतिवेदनहरू, दोस्रो चरणकाे आन्दोलनको मोडालिटीलगायतका विषयमा छलफल हुने श्रेष्ठले बताए । 

सुझावित समाचार