रामेछापमा ट्राफिक नियम उल्लंघन गर्नेबाट एक करोड सात लाख संकलन

मंगलबार, ३ साउन, २०७९
डिजिटल संस्करण

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट एक करोड सात लाख ४५ हजार रुपैयाँ उठाएको छ।

ट्राफिक प्रहरीले गत आवमा नियम उल्लंघन गर्ने ११ हजार नाै सय ५० ठूला तथा साना सवारीसाधनलाई कारबाही गरेको थियो। ट्राफिक व्यवस्थापनका लागि नियमित चेकजाँचका क्रममा नियमविपरीत पार्किङ, मापसे गरी सवारीसाधन चलाएको, क्षमताभन्दा बढी यात्रु बोकेको, मालबाहक सवारीसाधनमा क्षमताभन्दा बढी सामान बोकेकोजस्ता विषयमा कारबाही गर्दा उक्त रकम उठेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख चन्द्रकुमार श्रेष्ठ (फाँजु)ले जानकारी दिए।

पछिल्लो केही वर्षदेखि ट्राफिक प्रहरीले ट्राफिक नियम कार्यान्वयन गराउन सवारी चेकजाँचलाई दैनिक अभियानकै रूपमा सञ्चालन गर्दै आएको छ।

सुझावित समाचार