टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टाटा विंगर बिएस सिक्स नेपालीबजारमा सार्वजनिक गरेको छ । कम्पनीले कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सीलगायतका संस्थाहरूलाई उपयुक्त हुने ‘प्रिमियम टफ’ ढाँचाको गाडी बजारमा ल्याएको हो ।
२.२ लिटरको डाइकोर इन्जिन जडित यो गाडीको टर्क अत्यन्त प्रभावकारी रहेको कम्पनीको दाबी छ । यसैगरी, इको स्विच एवं गियर सिफ्ट एडभाइजरजस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिसजस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्ने कम्पनीको भनाइ छ ।
डाडा मोटर्सको कमर्सिएल भेहिकल बिजनेस युनिटको इन्टरनेसनल बिजनेस एन्ड स्ट्राटेजीका उपाध्यक्ष अनुराग मेहरोत्राले टाटाका विविधएवं बलिया कमर्सिएल रेन्जका गाडीलाई नेपाली ग्राहकले लामो समयदेखि उत्साहका साथ रोजिरहेको बताए । कमभन्दा कम खर्चमा आफ्नो व्यापार–व्यवसाय अभिवृद्धि गर्न चाहनेहरूका लागि यो गाडी उपयुक्त रहेको उनको भनाइ थियो । उनले भने, ‘सिप्रदी ट्रेडिङले दशकौँदेखि उल्लेखनीय प्रतिबद्धताका साथ टाटाका गाडीहरूको बिक्री–वितरण र सम्बन्धित सेवाहरू प्रदान गरिरहेको छ र टाटा विंगरले यस्तै प्रतिबद्धताका साथ नेपाली बजारमा बजारीकरण गर्नेमा हामी पूर्णतःविश्वस्त छौँ ।’
सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर राणाले नेपालकै एक प्रतिष्ठित ब्रान्डका रूपमा सदैव आफ्नो ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन एवं समुच्च कोटीको ग्राहक सेवा प्रदान गरिरहेको बताए । उनले भने, ‘टाटा मोटर्सको सहकार्यमा यस्ता उत्पादन तथा सेवाहरू हामीले विगत केही दशकदेखि नेपाली ग्राहकलाई प्रत्याभूति गरिरहेका छौँ ।’