प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य

सोमबार, २ साउन, २०७९
डिजिटल संस्करण

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु. ४०० ले बढेर रु. ९४ हजार पुगेको छ।

पहेँलो धातु आइतबार प्रतितोला रु. ९३ हजार ६ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार पाँच सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९३ हजार एक सय थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. पाँचले बढेर रु. एक हजार एक सय ६५ तोकिएको महासंघले जनाएको छ। रासस

सुझावित समाचार