नेप्से परिसूचक करिब २ अंकले वृद्धि

आइतबार, १ साउन, २०७९
डिजिटल संस्करण

नयाँ आर्थिक वर्ष तथा साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक झिनो अंकले बढेको छ। केही दिनदेखि निरन्तर वृद्धि हुँदै आएको नेप्से आइतबार पनि सामान्य अंकले बढेको हो। आज नेप्से १.९३ अंकले बढेर दुई हजार ११.३९ बिन्दुमा पुगेको छ।

आज २१० कम्पनीको ३० लाख ४५ हजार कित्ता सेयर एक अर्ब २३ करोड २४ लाख रुपैयाँबराबरमा खरिद2बिक्री भएको छ। नेप्सेका १३ उपसमूहमध्ये आज उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। बैंक उपसमूह ०.६३ प्रतिशत, लगानी ०.९१ प्रतिशत, जीवन बिमा ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.८६ प्रतिशत र व्यापार उपसमूह ०.४२ प्रतिशतले बढेको छ। तर, होटेल तथा पर्यटन र जलविद्युत् उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढीले घटेको छ।

आज राधी विद्युत् कम्पनीको सेयरमूल्य सर्वाधिक ५.४८ प्रतिशत तथा प्रभु बैंक, नयाँ सारथी लघुवित्तको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले बढेको छ। यता, प्रभु सेलेक्ट फन्ड सर्वाधिक ९.७८ प्रतिशत तथा सामुदायिक लघुवित्तको सेयरमूल्य ७.५ प्रतिशतले घटेको छ।

सुझावित समाचार