राजधानीको बागमती, विष्णुमती, मनहरा र गोदावरी नदी–किनारको खाली जमिनमा हजारौँ टहरा बनाएर घरबिहीनहरु बस्दै आएका छन् । नदी–किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन् । वर्षायाममा नदी पस्ने त्रासले रातभर अनिँदो बस्छन् सुकुमबासी । अहिले वर्षायाम छ । नदीमा पानीको बहाव झनै उच्च हुन्छ । नदीछेउमा भएकै कारण कहिले बस्तीमा बाढी पस्छ पत्तो हुँदैन । वर्षायाम अरू समयभन्दा चिन्ताको विषय बन्छ सुकुमबासीहरुलाई । हिउँदामा ढल गन्हाएर त्यस्तै हैरान बनाउँछ । विभिन्न नदी–किनारका सुकुमबासी बस्तीका केही दृश्य :







