लुम्बिनी विकास कोषपरिसरमा नेपाल एसबिआईको काउन्टर

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेडले भैरहवाको लुम्बिनी विकास कोषपरिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काउन्टरको उद्घाटन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले गरेका हुन् । 

उक्त समारोहमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा लुम्बिनी विकास कोषका कोषाध्यक्ष धुण्डीराज भट्टराई, सदस्यसचिव सानुराज शाक्यका साथै बैंकका अन्य कर्मचारी तथा लुम्बिनी विकास कोषका कर्मचारीको उपस्थिति रहेको जनाइएको छ । 

उक्त अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषलाई सयवटा डस्टबिन हस्तान्तरण गरेको थियो । यस सहयोगले लुम्बिनी क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्नुका साथै पर्यटकीय तथा तीर्थयात्रीको आरामदायी बसाइमा समेत सहयोग पुग्ने बैंकले विश्वास व्यक्त गरेको छ । सोही कार्यक्रममा सार्कका महासचिव विराकुनले पिओएस मेसिनमार्फत डिजिटल डोनेसनको पनि उद्घाटन गरेको जनाइएको छ ।

डिजिटल डोनेसनको सुरुवात गर्नाले लाखौँ स्वदेशी तथा विदेशी आगन्तुकलाई सहज हुने जनाइएको छ । हाल बैंकले देशभरमा ९१ शाखा, २१ एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा एक कर्पोरेट अफिसका साथै एक सय २९ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ । 
 

सुझावित समाचार