त्रिविको प्रश्नपत्र ‘आउट’ गर्नेलाई तत्काल कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम सेमेस्टारको परीक्षाको प्रश्नपत्र बाहिर ल्याउने व्यक्तिहरूलाई तत्काल कारबाही गर्नुको विकल्प नभएको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षाको प्रश्नपत्र सम्बन्धमा गरेको छलफल बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षामा यस्तो लापरबाही हुनु राम्रो नभएको भन्दै प्रश्नपत्र बाहिर ल्याउने काममा संलग्न सबैलाई तत्काल कारबाही गरिने उनले बताए । 

‘अहिले प्रश्नपत्रको विषय राख्नुभएको छ । को–को संलग्न छन् ? कानुनअनुसार प्रश्नपत्र बाहिर ल्याउनेलाई तत्काल कारबाही गर्नुको विकल्प छैन,’ उनले भने, ‘बाहिर प्रश्नपत्र प्रमाणपत्र बनाएको भेटिएमा तत्काल कारबाही अगाडि बढाएका पनि छौँ । त्यो गम्भीर अपराध हो । अहिले तत्काल कारबाही गरौँ ।’

मन्त्री पौडेलले अब त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको बताए । 

सुझावित समाचार