कमलपोखरीमा रहेको इस्लिङटन कलेजको सन् २०२० र २०२१ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । कलेजले कोभिड संक्रमणका कारण दुइ वर्षसम्म गर्न नसकेको दीक्षान्त समारोह एकैपटक गरेको हो । समारोहमा सन् २०२० मा स्नातक तहअन्तर्गत स्पेसिलाइजेसनअन्तर्गत बिएस्सी (अनर्स) कम्प्युटिङ, विएस्सी (अनर्स) कम्प्युटर नेटवर्किङ र आइटी सेक्युरिटी तथा विएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजीका पाँच सय दुईजना विद्यार्थी दीक्षित भएको जनाइएको छ । त्यसै वर्षका स्नातकोत्तर तहअन्तर्गत एमएस्सी इन्फर्मेसन टेक्नोलोजी विषयका १९ जना विद्यार्थी पनि दीक्षित भएको कलेजले जनाएको छ ।
त्यस्तै, सन् २०२१ मा स्नातक तहअन्तर्गत बिएस्सी (अनर्स) कम्प्युटिङ, बिएस्सी (अनर्स) कम्प्युटर नेटवर्किङ र आइटी सेक्युरिटी तथा बिएस्सी (अनर्स) मल्टिमिडिया टेक्नोलोजीको विषयमा अध्ययन पूरा गरेका सात सय ३२ जना विद्यार्थी दीक्षित भएका छन् । त्यसै, वर्षका स्नातकोत्तर तहअन्तर्गत एमएस्सी इन्फर्मेसन टेक्नोलोजी विषय पूरा गरेका ४६ जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ । समारोहमा सन् २०२० को बिजनेस डिग्री बिए (अनर्स) विषयमा स्नातक तह पूरा गर्ने ७४ र सन् २०२१ मा बिजनेस एडमिनिस्ट्रेसन एन्ड एमबिए तह पूरा गर्ने एक सय १९ जना विद्यार्थी पनि दीक्षित भएको कलेजले जनाएको छ ।
बेलायतको लन्डन मेट्रोपोलिटान विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यो कलेज आइएनजी ग्रुपद्वारा सञ्चालित छ । दीक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले विद्यार्थीलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । उनले विश्वभर सम्बन्धनप्राप्त कलेजमध्ये इस्लिङटन कलेज उत्कृष्ट भएको बताए ।
दीक्षान्त समारोहमा आइएनजी ग्रुपका अध्यक्ष एवं कार्यकारी निर्देशक शुलभ बुढाथोकीले लन्डन विश्वविद्यालयको हाई र्याङकिङमा परेको यस कलेजमा उत्तीर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको बताए । लन्डन मेट्रोपोलिटान विश्वविद्यालयले सम्बन्धन दिएका कलेजमध्ये नेपालको पहिलो यस कलेजले बिआइटी, बिबिए, कार्यक्रमअन्तर्गत आइटी कम्प्युटिङ, नेटवर्किङ र आइटी सेक्युरिटी र मल्टिमिडिया टेक्नोलोजी विषयमा अध्यापन गराउँदै आएको जनाएको छ । त्यस्तै, बिजनेसअन्तर्गत इन्टरनेसल बिजनेस, मार्केटिङ एन्ड फाइनान्स विषय सञ्चालन गरिरहेको छ ।