बिमाअनुसारको स्वास्थ्य उपचार नपाएकोमा सांसद विश्वकर्माको चिन्ता

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण
बिमाअनुसारको स्वास्थ्य उपचार नपाएकोमा सांसद विश्वकर्माको चिन्ता

तस्बिर :अमुल थापा

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बिमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ । बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले स्वास्थ्य बिमा गरेर पनि सोअनुरूप उपचार नपाएकोमा चिन्ता प्रकट गरे । 

उनले  मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर हुनुपर्ने पनि बताए । उनले नेपाल राष्ट्र बैंकका गभर्नरले सेयर लगानीकर्तालाई हतोत्साही र नागरिकलाई निराश बनाउने गरी सार्वजनिक अभिव्यक्ति दिएकोमा पनि आपत्ति व्यक्त गरे । 

सुझावित समाचार