नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाङ्फेले आफैँले गैरसंवैधानिक भनेको विषयवस्तु राखेर विधेयक ल्याउनुको कारण के हो भनी प्रश्न गरेकी छिन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तुम्बाहाङ्फेले यसको कारण दिएर तुरुन्त विधेयक फिर्ता लिन माग गरिन् ।
सर्वाेच्चमा विचाराधीन रहेको विषयलाई संसदमा छलफल गर्न मिल्छ र भनी सभामुखसँग प्रश्न गरिन् । उनले सभामुख संसदको सबैभन्दा ठूलो नेता भएको भन्दै संस्थाभित्र आएको विषय सभामुखले हेर्ने कि नहेर्ने भनेर प्रश्न गरिन् ।