धानबालीमा किराको प्रकोपले किसान चिन्तित

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण

किराको प्रकोप राेक्न कृषि प्राविधिक टोलीको सल्लाह अनुसार धानवालीमा विषादी राखिदै

लमजुङमा असार पहिलो साता रोपेको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको  छ ।  बेसीशहर नगरपालिका ११  रामचोक फाटमा धानमा किरा लागेसँगै किसानहरु चिन्तित भएका छन् ।

रामचोक फाँटमा राईस हिस्पा (काँडेदार खपटे) किराको प्रकोप बढेपछि कृषि प्राविधिक टोलीको सल्लाह अनुसार धानवालीमा विषादी छर्किएको छ ।  कृषि ज्ञान केन्द्र र बेसीशहर नगरपालिका कृषि शाखाका प्राविधिक टोलीले सोमवार अनुगमन गरेर विषादी प्रयोगका बारेमा जानकारी गराएका हुन् । 

किराको प्रकोप नियन्त्रणका लागि आवश्यक विषादी केन्द्रमा नभएकाले नगरपालिकाको सहयोगमा किसानहरुलाई विषादी उपलव्ध गराइएको छ । फाँटको करिव एकसय रोपनी धानवालीमा किराको प्रकोप देखिएको र मंगलवार करिव ५० रोपनीमा विषादी हालिएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।

खपटे किराको प्रकोपले भर्खर रोपेका कलिला धानको पात खाएर विरुवा नै सुक्ने, किराले धानको गुभो खान लागेपछि धानबाली नष्ट हुने भएकाले किसानहरु चिन्तित भएका छन् । 

केन्द्रका कृषि प्रसार अधिकृत किरण सापकाेटाले फाँटमै पुगेर धानवाली अवलोकन गरी किरा प्रकोप र यसका उपचार विधिका बारेमा किसानलाई जानकारी गराएका  थिए ।

See More On

सुझावित समाचार