प्रभु बैंकका ग्राहकले अल्फा हेल्थ केयरमा छुट पाउने

आइतबार, २६ असार, २०७९
डिजिटल संस्करण

प्रभु बैंक लिमिटेडका ग्राहकले अल्फा हेल्थ केयर एन्ड डाइगोनोस्टिक सेन्टरमा सेवा लिएबापत तिर्नुपर्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने विषयमा बैंक र हल्फा हेल्थ केयरबीच सम्झौता भएको हो । 

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले अल्फा हेल्थ केयरमा सञ्चालित सम्पूर्ण प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट पाउने जनाइएको छ । त्यस्तै, थप डाक्टर परामर्श चाहिएमा र डाक्टरको सुझावअनुसार गरिने प्रयोगशाला परीक्षण सेवामा पनि १५ प्रतिशत छुट हुने बैंकले जनाएको छ ।

हेल्थ केयरको फार्मेसीमा पनि ५ प्रतिशत छुटका साथै दुई हजार रुपैयाँभन्दा बढीको औषधि खरिद गरेमा पाँच किलोमिटरसम्म निःशुल्क डेलिभरीको व्यवस्था रहेको जनाइएको छ ।सम्झौतामा बैंकका मानव संसाधन विभाग प्रमुख रमेश थापा र अल्फा हेल्थ केयरका वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुलीले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताअन्तर्गत प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर र पिओएस मेसिन च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । 
 

सुझावित समाचार