नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता सवार गाडी दुर्घटनामा परेको छ। पूर्वपर्यटनमन्त्री कृपासुर शेर्पा सवार गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा पूर्वपर्यटन मन्त्री शेर्पा सामान्य रहेका छन्। उनीसँगै सवार एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ र आदिवासी जनजाति उपमहासचिव देवराज राई घाइते भएका हुन्।
घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। प्राथमिक उपचारपछि घाइते तीनलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिए पनि मौसमका कारण हेलिकोप्टर असम्भव भएपछि एम्बुलेन्समार्फत काठमाडौं लगिने तयारी गरिएको छ । घाइते तीनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।