राष्ट्रपति रनिङ सिल्डको उपाधि माछापुच्छ्रेलाई उपाधि

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण

माछापुच्छ्रे गाउँपालिकाले कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि हात पारेको छ । पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा  माछापुच्छ्रेले १५ स्वर्ण, १४ रजत र एक कांस्य पदकसहित उपाधि उचालेको हो ।

माछापुच्छ्रेले १२ हजार रुपैयाँ पाएको छ । उपविजेता बनेको पोखरा महानगरपालिकाले १४ स्वर्ण र ११ रजत हात पा¥यो । एक स्वर्ण र दुई कांस्यका साथ अन्नपूर्ण गाउँपालिका तेस्रो भएको छ । 

प्रतियोगिताअन्तर्गत छात्र भलिबलको फाइनलमा अन्नपूर्णले पोखरालाई हरायो । छत्रातर्फको भलिबलमा पोखराले उपाधि उचालेको छ । माछापुच्छ्रेयस स्पर्धामा दोस्रो भएको छ ।

एथलेटिक्स छात्र र छात्रातर्फ माछापुच्छ्रेले स्वर्ण १४ र १२ कांस्य जित्यो । पोखराले १२ स्वर्ण र नौ रजत पदक हात पार्यो । कबड्डीमा छात्रतर्फ पोखराले स्वर्ण र माछापुच्छ्रेले रजत प्राप्त गरे ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उसु र कराते गरी ६ खेल समावेश रहेको आयोजकले जनाएको छ । प्रतियोगिताबाट कास्कीबाट ८४ जना खेलाडी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका छन् । 

सुझावित समाचार