अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाइँदै

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

बजेट निर्माण प्रक्रियामा चलखेल गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि संसदीय समिति बनाउन विषय अघि बढेको नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

माओवादी केन्द्र सकारात्मक देखिएपछि समिति बनाउनेबारे प्रक्रिया अघि बढेको हो। समिति आजै बनाइने तयारी गरिएको बालुवाटार स्रोतले बताएको छ। अर्थमन्त्री शर्माले बजेट निर्माणको प्रक्रियामा अनधिकृत रूपमा बिचौलिया तथा बाहिरी व्यक्तिलाई सहभागी गराएको भन्दै उनको चौतर्फी विरोध भइरहेको छ। 

सुझावित समाचार