सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा छुट

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

सानिमा बैंक र अन्नपूर्ण केबलकारबीच बैंकका ग्राहकलाई केबलकारको टिकटमा छुट दिने समझदारी भएको छ । समझदारीपत्रमा बैंकका गण्डकी प्रदेश प्रमुख सुदीपकुमार हलवाई र केबलकारका महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका हुन् । 

समझदारीअनुसार बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान वा डेबिट–क्रेडिट कार्डमार्फत रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

बैंकले देशका सातै प्रदेशमा एक सय २७ कार्यालय र एक सय २० एटिएममार्फत सेवा दिइरहेको जनाएको छ । 
 

सुझावित समाचार