मंगलबजारमा एभरेष्ट बैंकको एक्सटेन्सन काउन्टर

सोमबार, २० असार, २०७९
डिजिटल संस्करण

एभरेष्ट बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काउन्टरको ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्य, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष मनोजबहादुर न्याछोन र बैंककी सञ्चालक उर्मिला श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार गौतम, बंैकका बागमती प्रदेश प्रबन्धक सन्तोषकुमार भट्टराई, बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतकोे उपस्थिति रहेको जनाइएको छ ।

हाल बैंकले देशभरमा एक सय १६ शाखा, सात प्रादेशिक कार्यालय, एक सय ५० एटिएम तथा ३१ राजस्व संकलन केन्द्रमार्फत सेवा दिँदै आएको जनाएको छ । 

सुझावित समाचार