ज्योति विकास बैंकले ललितपुरको टीकाथलीमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारणमा बैंकिङ पहुँच थप विस्तार गर्दै आफ्ना सेवा सहज रूपमा पुर्याउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
महालक्ष्मी नगरपालिका वडा नम्बर ५ मा रहेको टीकाथली शाखाको उद्घाटन नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रूपमा गरेको जनाइएको छ । उक्त शाखामा थप सेवा दिने तथा सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले एटिएम सेवा पनि सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले टीकाथली शाखामा शून्य मौज्दातमै क्युआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेसन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपहरूमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुटलगायत विभिन्न सुविधा प्रदान गर्ने जनाएको छ ।
बैंकले हाल देशभरि एक सय १८ शाखा, तीन विस्तारित काउन्टर तथा ६५ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।