आगामी तीन दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन विज्ञको आग्रह

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेका छन् । बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आमनागरिकलाई आग्रह गरेका हुन् । 

उनले आगामी तीन दिन तराईका सबै जिल्लाहरूमा र गण्डकी प्रदेशमा समेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने सम्भावना रहेको बताए । ‘यो तीन दिन भारी वर्षा हुनेछ देशभर । भारी वर्षाका कारण खोलानाला बढ्न गई कुन कुन खोलामा के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेको अवस्थामा हाम्रो एउटा अनुरोध चाहिँ के छ भने सबै निकायहरूलाई रेगुलर बुलेटिनबाहेक विशेष बुलेटिन निकालेको अवस्थामा चाहिँ सतर्क भइदिनुहोला । किनकि विशेष बुलेटिन भनेको चाहिँ हुन्छ भन्ने नै हो,’ महानिर्देशक जोशीले भने । 

सुझावित समाचार