राज्यमन्त्री वलीको राजीनामा स्वीकृत

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण
राज्यमन्त्री वलीको राजीनामा स्वीकृत

फाइल फोटो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको बताएका छन् । प्रदेश सभाको बुधबारको बैठकमा एमालेले राज्यमन्त्री वलीबारे प्रश्न उठाउँदै सरकारको जवाफ माग गरेपछि मुख्यमन्त्री केसीले वलीले १२ असारमा गते राजीनामा दिएको र राजीनामा स्वीकृत भएको जानकारी सदनलाई गराएका हुन् ।  

बुधबारको बैठकको सुरुमै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री विमलाका सन्दर्भमा भएका घटनाबारे सरकारको धारणा मागेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले त्यसबारेमा जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका थिए । 

मुख्यमन्त्री केसीले छानबिन सहजताका लागि राज्यमन्त्रीको राजीनामा आएको र राजीनामा स्वीकृत गरेको भन्दै जानकारी गराएका थिए । मुख्यमन्त्री केसीले घटनाबारे छानबिनका लागि आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठित तीन सदस्यीय टोलीले छानबिन गरिरहेको जानकारी गराए । प्रदेश सरकारले कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीमगर र  मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको समिति गठन गरेको थियो ।

सुझावित समाचार