पेस्तोलसहित एक युवक पक्राउ

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

पेस्तोलसहित प्रहरीले जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका– ९ का ३७ वर्षीय मनीषकुमार अधिकारी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकन पेस्तोलसहित अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनको घर खानतलासी गर्ने क्रममा भान्सा कोठामा लुकाएर राखेको अवस्थामा एक थान पेस्तोल र एक राउन्ड गोली बरामद भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सुझावित समाचार