मनकामना केबलकारको टिकट किन्दा इसेवाको पुरस्कार

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

भुक्तानी सेवाप्रदायक इसेवाले मनकामना केबलकारको टिकट काट्दा हीराको हार लगायत थुप्रै पुरस्कार जित्न सकिने योजना सञ्चालन गरेको छ ।

योजनामा एकजनाले हीराको हार, एकजनाले आइफोन १३, एकजनाले स्मार्ट टिभी र एकजनाले वासिङ मेसिन जित्न सक्ने कम्पनीले जनाएको छ ।

योजना साउन ३१ गतेसम्म सञ्चालन हुने जनाइएको योजनामा विजेता चारजनाले आफूले रोजेको पुरस्कार प्राप्त गर्न सक्ने जनाइएको छ । 

सुझावित समाचार