आगलागीबाट ६ वटा पशु चौपाया मरे

मंगलबार, १४ असार, २०७९
डिजिटल संस्करण

लमजुङको बेँसीसहर नगरपालिका– ३ दनाई गाउँमा आगलागी हुँदा ६ वटा पशु चौपाया मरेका छन् । सोमबार बिहान ३ बजेको समयमा बेँसीसहर– ३ दनाई गाउँस्थित शिवलाल श्रेष्ठको धन्सार गोठमा आगलागी हुँदा ६ वटा पशु चौपाया  मरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । 

उनका अनुसार गोठको भित्रपट्टि खोरमा रहेका दुईवटा बोका, तीनवटा खसी र एउटा माउ बाख्रा निसास्सिएर मरेका हुन्  । यस्तै, आगलागीमा परेर एउटा  भैँसी घाइते भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । आगो के–कसरी लाग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण पनि आएको छैन। 

सुझावित समाचार