२२२ मध्ये १५९ मापन केन्द्रमा वर्षा, सबैभन्दा धेरै पोखराको जुम्लेटीमा

आइतबार, १२ असार, २०७९
डिजिटल संस्करण

पछिल्लो २४ घण्टामा पोखराको जुम्लेटीमा सबैभन्दा धेरै वर्षा भएको छ। आज विहान ८ः४५ बजेसम्मको तथ्यांकअनुसार जुम्लेटी वर्षा मापन केन्द्रमा २४ घण्टामा १३० मिलिमिटर (मि.मि)वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले मानव संचालित ५६ र स्वचालित १६६ गरी कुल २२२ मापन केन्द्रबाट वर्षा मापन गरेको थियो। त्यसमध्ये १५९ केन्द्रमा वर्षा भएको बताइएको छ।

तीन केन्द्रमा १०० मिमिभन्दा धेरै, १८ केन्द्रमा ५० मि.मि भन्दा धेरै, ३९ केन्द्रमा २५ मि.मि भन्दा धेरै र ७१ केन्द्रमा १० मि.मि भन्दा धेरै वर्षा भएको विभागले जारी गरेको सुचनामा उल्लेख छ।

तस्बिर स्राेत : जल तथा मौसम विज्ञान विभाग

सुझावित समाचार