भिभो वाई–५५ स्मार्ट फोन नेपालमा सार्वजनिक गरेको छ । वाई–५५ दुईवटा आकर्षक रङ मिडनाइट ग्यालेक्सी र आइस डन कलरमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य ३३ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।
वाई सिरिजअन्तर्गतको वाई–५५ मा फोटोग्राफीका लागि ५० एमपी एचडी रियर क्यामरा र एआई ट्रिपल क्यामरा रहेको छ । वाई–५५ मा एक सय २८ जिबी मेमोरी क्षमता र पाँच हजार एमएएच ब्याट्री रहेको छ । स्मार्ट फोनलाई ५० एमपी एचडी रियर क्यामरा मोड्युलले अझ आकर्षक बनाएको छ ।
भिभो नेपालका सिइओ माइकलले भने, ‘हामीले वाई सिरिजका मोडेलहरूमा उपभोक्ताको प्रतिक्रिया लिएका छौँ र उनीहरूको दैनिक जीवनशैलीलाई सुहाउँदो स्टाइल र कार्यसम्पादनको सहज अभिसारण गर्दै वाई–५५ मा विचारशील र प्रभावकारी सुधारहरू गरेका छौँ । एक्सटेन्डेड ¥याम २.०, ठूलो मेमोरी, उत्कृष्ट प्रोसेसर र आकर्षक डिजाइनले यसलाई बजारमा एक योग्य स्मार्ट फोन बनाएको छ ।’