बेँसीसहर नगरपालिकाले ल्यायो ७५ करोड ५३ लाखकाे बजेट

शनिबार, ११ असार, २०७९
डिजिटल संस्करण

लमजुङको बेँसीसहर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ५३ लाख तीन हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख पदमा गुरुङले ११औँ नगरसभामा आर्थिक वर्ष ०७९/०८० का लागि बजेट प्रस्तुत  गरेकी हुन् ।

नगरसभालाई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गरेका थिए । नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा दुई करोड ८७ लाख ६२ हजार अर्थात् ३ दशमलव ९३ प्रतिशतले बढी प्रस्तुत गरेको बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए ।

नगरपालिकाले चालुतर्फ १३ करोड अर्थात् १७ दशमलव २१ प्रतिशत बजेट विनियोजन गरेको छ। पूँजीगततर्फ २५ करोड ९४ लाख तीन हजार अर्थात् ३४ दशमलव ३४ प्रतिशत बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोत तथा स्थानीय राजश्वबाट आठ करोड ५६ लाख ८१ हजार, संघीय र प्रदेश राजश्व बाँडफाँडबाट १३ करोड ५० लाख ७२ हजार, संघीय र प्रदेश समानीकरण अनुदानबाट १६ करोड ८६ लाख ५० हजार, संघीय र प्रदेश सशर्त, समपुरक र विशेष अनुदानबाट ३६ करोड ५९ लाख बजेट प्रस्तुत गरिएको छ ।

See More On

सुझावित समाचार