न्यायाधीश–वकिल घुस डिल प्रकरण : सात दिनभित्र छानबिन सक्न माग गर्दै कामु प्रधानन्यायाधीशलाई ज्ञापन-पत्र

बिहिबार, ९ असार, २०७९
डिजिटल संस्करण

न्यायाधीश–वकिल घुस डिल प्रकरण जाँचबुझ समितिको समयावधि घटाउन माग गर्दै कानुन व्यवसायीले कामु प्रधानन्याायधीश दीपककुमार कार्कीलाई ज्ञापन-पत्र बुझाएका छन् । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसहित १६ जना कानुन व्यवसायीले ज्ञापन-पत्र बुझाएका हुन् । 

कामु प्रधानन्याायधीश कार्कीको अध्यक्षतामा बुधबार बसेको न्याय परिषद् बैठकले तीनसदस्यीय छानबिन समिति गठन गरेको थियो। जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच विचाराधीन ठगी मुद्दामा इच्छाराज तामाङलाई छुटाउने विषयमा ‘डिल’ भएको अडियो सार्वजनिक भएको थियो।

न्याय परिषद् बैठकले न्यायाधीश कोइरालामाथि छानबिनका लागि जाँचबुझ समितिलाई ४५ दिनको समयावधि दिएको थियो। ज्ञापन-पत्रमा सो अवधि लामो भएको र यसले विषयवस्तुलाई ओझेलमा पार्ने भन्दै सात दिनभित्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरिएको छ।

सुझावित समाचार