विदेश पठाइदिने भनी २१ लाख ४४ हजार ठगी गर्ने कार्की पक्राउ

शुक्रबार, ३ असार, २०७९
डिजिटल संस्करण

नेपाल प्रहरीले विदेश पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग २१ लाख ४४ हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कास्की पोखराकी २२ वर्षीय एक महिलालाई क्यानडा पठाइदिन्छु भनी रु ११ लाख ७१ हजार तथा काठमाडौं पेप्सिकोलाकी २८ वर्षीया अर्की महिलालाई अस्ट्रेलिया पठाइदिन्छु भनी रु नौ लाख ७५ हजार ठगी गर्ने बारा सिमराका ३२ वर्षीय रुपेश कार्कीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विदेशका विभिन्न देशमा आकर्षक जागिर लगाइदिन्छु भनी बैंक खातामा पैसा पठाउन लगाएर ठगी गरेकाले कार्कीलाई पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ कार्कीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २१ को देहाय २४९ को कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए । उनले कार्कीबाट ठगिएका अरू व्यक्ति भए सम्पर्कमा आउन आग्रह गरेका छन् । 

See More On

सुझावित समाचार