गठबन्धन सरकारले बाह्य सेना उपस्थित गराउने गतिविधि गरिरहेको ओलीको आरोप

बिहिबार, २ असार, २०७९
डिजिटल संस्करण
गठबन्धन सरकारले बाह्य सेना उपस्थित गराउने गतिविधि गरिरहेको ओलीको आरोप

तस्बिर : संजित परियार ।

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमसिसी पास भएपछि गठबन्धन सरकारले मौका छोपेर बाह्य सेना उपस्थित गराउने किसिमका गतिविधि गरिरहेको आरोप लगाएका छन्। बिहीबार काठमाडौंमा आयोजित स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा ओलीले त्यस्ता गतिविधिको विरुद्धमा एमालेले अगुवाइ गरिरहेको बताए।

उनले देशहितविरुद्ध कुनै काम नहोस् भन्ने कुरामा पार्टी सजग रहेको भन्दै आउँदो प्रदेश र प्रतिनिधिसभाको चुनावको तयारीमा लाग्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए।

‘यही मौका छोपेर बाह्य सेना उपस्थित गराउने खालका आदि इत्यादि गर्न खोजिएको छ। त्यसको सम्बन्धमा पार्टीले बोलिरहेको छ। हाम्रा सांसदहरू संसदमा बोलिरहनुभएको छ। जनतामा यसखालको जागरण आइरहेको छ। हाम्रो पार्टीले त्यसको विरुद्धमा अगुवाइ गरिरहेको छ। देशहितविरुद्धमा कुनै काम नहोस् भन्ने कुरामा हामी सजग छौँ,’ ओलीले भने। 

सुझावित समाचार