जिसस मकवानपुरमा गठबन्धनको प्यानलै विजयी, प्रमुखमा माओवादीका घलान निर्वाचित

बिहिबार, २ असार, २०७९
डिजिटल संस्करण

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा सत्तारुढ गठबन्धनको प्यालनै विजयी भएको छ ।  प्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार ललितकुमार घलान निर्वाचित भएका छन् । १७ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन् । एमालेबाट उम्मेदवार बनेका बुद्धिराम डिम्डुङले ३ मत प्राप्त गरे ।

मकवानपुरको १० स्थानीय तहमा एमालेबाट तीनजना मात्र प्रमुख/उपप्रमुख विजयी हुँदा १७ जना प्रमुख/उपप्रमुख गठबन्धनबाट विजयी भएका थिए । उपप्रमुखमा कांग्रेसका सानुकाजी लुईंटेल निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्यमा तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमित्रा थिङले १७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनीहरू कांग्रेसका हुन् । एमालेबाट उम्मेदवार बनेका बिनाकुमारी थिङ लामाले ३ मत प्राप्त गरेकी छिन् ।

सदस्यतर्फ खड्गबहादुर पुलामी, सुवर्ण गोपाली र वीरेन्द्रकुमार लामा निर्वाचित भएका छन् । पुलामी र गोपालीले १७ मत प्राप्त गरेका छन् । उनीहरू माओवादी केन्द्रका हुन् । 

नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका लामाले १६ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका छन् ।

अघिल्लोपटकको निर्वाचनमा जिसस मकवानपुरमा एमालेको प्यालनै निर्वाचित भएको थियो ।

सुझावित समाचार