सुन्दरबजार नगरपालिकाले शवबाहनको व्यवस्था गर्ने भएको छ । नगरपालिकाभित्र हालसम्म शवबाहन नभएकाले मरणघाटसम्म शव पुर्याउन समस्या हुने भएकाले शवबाहनको व्यवस्था गर्ने निर्णय गरिएको मेयर कृष्णप्रसाद कोइरालाले बताए ।
नगरपालिका कार्यपालिका बैठकले नगरपालिकामा रहेको दुईवटा बसमध्ये एउटा बसलाई अर्को व्यवस्था नभएसम्मका लागि शवबाहनको रूपमा प्रयोग गर्ने व्यवस्थाका लागि शवबाहन सञ्चालनसम्बन्धी थप अध्ययन गर्दै कार्यविधि निर्माण गर्ने निर्णय गरिएको मेयर कोइरालाले बताए ।
कोइरालाको अध्यक्षतामा बसेको बैठकले नागरिकको सहजताका लागि उक्त व्यवस्था गर्ने निर्णय गरेको हो । शवबाहन नहुँदा नागरिकले सास्ती पाएकाले अब तत्काल उक्त व्यवस्था गरिने उनले बताए ।
नगरकार्यपालिकाको पहिलो बैठकले नगरपालिकामा शवबहानको ब्यबस्थापन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।