जिसस मोरङमा एमालेको प्यानलै विजयी

मंगलबार, ३१ जेठ, २०७९
डिजिटल संस्करण

जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ। मंगलबार सम्पन्न निर्वाचनबाट एमालेका अजम्बर राई जिसस प्रमुख तथा उषा झा उपप्रमुख निर्वाचित भएका हुन्।

प्रमुखमा राई र उपप्रमुखमा झा समान २१/२१ मतसहित निर्वाचित भएका हुन्। १७ पालिका भएको मोरङमा एमालेका २१ तथा कांग्रेसका १२ र माओवादी केन्द्रका एक गरी १३ मतदाता थिए। कांग्रेसका २ र माओवादी केन्द्रका एकजनाले आफ्नो प्यानलको उम्मेदवारलाई मत नदिएकाे बुझिएको छ। सदस्यमा निर्वाचित एमालेकी उमा नेपालीले २३ र मित्रप्रसाद ढकालले २२ मत प्राप्त गरेका छन्।

एमालेबाट सदस्यमा निर्वाचित नेपाली र ढकालको मत बढी आउँदा कांग्रेसका उम्मेवारको मत कम भएको छ। सदस्यहरूमा तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल, उर्वशीकुमारी थारू र हरिमाया विश्वकर्मा निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट समन्वय समितिको प्रमुखमा जितेन्द्र अग्रवाल र उपप्रमुखमा निलमकुमारी सरदार उम्मेदवार बनेका थिए।

See More On

सुझावित समाचार