नेपालमा विदेशी सेना छन् भन्ने हल्लाले आशंकित बनाएको छ : अध्यक्ष नेपाल

सोमबार, ३० जेठ, २०७९
डिजिटल संस्करण

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारे संसद्, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन्। सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणका विषयमा धेरै प्रश्नहरू उठेको भन्दै जानकारी दिनुपर्ने बताए।

उनले पहिलोपटक आफूले नेपालमा विदेशी सेना रहेको सुनेको बताउँदै यस विषयमा पनि सरकारको ध्यानाकर्षण गराउन माग गरे। नेपाल सरकारले लिने वैदेशिक ऋणका प्रावधानहरूमा धेरै त्रुटिहरू रहेको भन्दै उनले त्यसलाई परिर्वतन गर्नुपर्ने औँल्याए।

‘समितिमा धेरै कुराहरू उठेका छन्। त्यसले आशंकित बनाएको छ। विदेशी सेना नेपालमा छन्– मैले भर्खरै पहिलोचोटि सुनेँ। त्यो हो भने गम्भीर कुरा हो। कहाँ छन् ? कुन कुन देशका छन् ? कुन क्याम्पमा राखिएको छ ? त्यसबारे समितिको ध्यान जानुपर्छ। सरकारको ध्यानाकर्षण गराउनुपर्छ,’ अध्यक्ष नेपालले भने।

सुझावित समाचार