एसपिजी अटोमोबाइल्सले चेरी ब्रान्डको फ्ल्यागसिप मोडल टिग्गो–८ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । यो गाडीमा फुल एलइडी लक्जरी लाइटिङ सेट र विशेष लक्जरियस लेदर सिटहरू उपलब्ध छन् । चेरी अटोमोबाइलले नयाँ पुस्तामा यस मोडललाई ‘लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट’का रूपमा निर्माण गर्न प्रयास गरेको कम्पनीले जनाएको छ ।
टिग्गो–८ प्रोमा १.६ लिटर टर्बोचाज्र्ड ग्यासोलिन डिरेक्ट इन्जेक्सन इन्जिन, जसलाई सुपर पावरफुल ‘चाइना हार्ट’ इन्जिन भनिन्छ । २०१९ मा ‘चाइना हार्ट’ १० उत्कृष्ट इन्जिनहरूमध्ये सूचीबद्ध गरिएको छ, जसको अधिकतम पावर एक सय ४५ किलोवाट छ भने दुई सय ९० एनएमको पिक टर्क छ । चेरी टिग्गो–८ प्रोलाई ८.९ सेकेन्डमा सय किलोमिटर प्रतिघन्टाको गति बढाउन क्षमता दिन्छ । यसलाई पारिवारिक शैलीमा नयाँ पुस्ताको ‘पिक ग्रिल’ डिजाइन अवधारणामा आधारित छ । यसमा भएको इन्टिग्रेटेड डाइनामिक टर्निङ सिग्नलसहितको फुल एलइडी हेडल्याम्प र म्याट्रिक्स डायमन्डजस्तो फ्रन्ट ग्रिल डिजाइन छ । यसमा एक सय ९६ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ ।
चेरी टिगो–८ प्रोको इन्टेरियर लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट डिजाइनमा आधारित छ, जसमा सोनी साउन्ड सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, क्रुज कन्ट्रोलजस्ता अत्याधुनिक प्रविधिको प्रयोग औँलाको टुप्पाबाटै गर्न सकिन्छ भने इन्टेलिजेन्ट भ्वाइस कमान्ड र मल्टी फङ्सनल स्टेयरिङ ह्विलको समेत प्रयोग गर्न सकिन्छ ।
यो कार रोल्यान्ड पर्पल, कार्बन क्रिस्टल ब्ल्याक, राइन ब्लू, न्यू खाकी ह्वाइट, सेलाडन ग्रे र ज्वेल रेड गरी विभिन्न ६ कलरमा उपलब्ध हुनेछ । टिग्गो–८ प्रो फ्ल्यागसिप मोडलको मूल्य ९९ लाख ५० हजार तोकिएको छ ।