बेलडाँडी गाउँपालिका–३ स्थित राधाकृष्ण माध्यमिक विद्यालयनजिकबाट प्रहरीले आज लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ मुसेपानीका १८ वर्षीय विकास चौधरी र भीमदत्त नगरपालिका–२ महोलियाका २५ वर्षीय सुवास चौधरी रहेका छन्। उनका अनुसार पक्राउ पर्नेहरुका साथबाट दुई ग्राम ६९० मिलिग्राम खैरो हेरोइन खल्तीमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको हो।
पक्राउ परेकाहरूले लागुऔषध ओसारपसार गर्नका लागि प्रयोग गरेको लु ८४ प ८१०८ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गर्नुका साथै उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। रासस