काठमाडौंको सडकको सचित्र

शनिबार, २८ जेठ, २०७९
डिजिटल संस्करण

देशको जेठो महानगरपालिका रहेको काठमाडौं विकासका पूर्वाधारका हिसाबमा देशका अन्य महानगरपालिकाहरूभन्दा अगाडि नै हुनुपर्ने हो । तर, पछिल्लो समय विकासका पूर्वाधार निर्माणका हिसाबले कनिष्ठ महानगरपालिकाले जित्न थालिसके काठमाडौंको अवस्था त्यही पुरानो नै छ ।  काठमाडौं उपत्यकाभित्रका सडकहरूले काठमाडौंको वास्तविकता झल्काउँछ ।

काँठलाई काठमाडौं जोड्ने सडक नै मर्मतसम्भार हुन सकेको छैन । जसकारण ठुल्ठूला खाडल बनेका छन् । पानी पर्दा खाडलमा धमिलो पानी भरिने र बाटो नदेखिनुले सवारी दुर्घटना झनै बढेको छ । त्यति मात्रै होइन, खराब सडकका कारण सडकपेटीबाट हिँडडुल गर्ने नागरिकलाई पनि धुवाँ,धुलो र हिलोको त्यत्तिकै समस्या छ । चक्रपथबाहिर कालोपत्र उप्केर हिँडिनसक्नु हुन्छ । यसको वास्तविकता त्यत्तिमै सीमित छैन । कतिपय सडक वर्षौंदेखि टेन्डरमा परेर बन्न सकेका छैनन् त कतिपय सरकारले बनाउन चाहिरहको छैन । नख्खु– भैँसेपाटी, चाबहिल–कलंकी, चाबहिल–जोरपाटीलगायतका सडकमा वर्षायाममा हिँडिनसक्नु हुन्छ । काठमाडौंका सडकका केही दृश्य : 

 तस्बिर : न्युज एजेन्सी 

See More On

सुझावित समाचार