त्रिभुवन विश्वविद्यालय तत्काल खुला गर्न एमाले सचिव अर्यालको माग

बिहिबार, २६ जेठ, २०७९
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सचिव पद्माकुमारी अर्यालले लामो समयदेखि बन्द रहेको त्रिभुवन विश्वविद्यालय तत्काल खुला गर्न सरकारसँग माग गरेकी छिन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सचिव भुसालले प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति भएको विश्वविद्यालय पाँच महिनादेखि बन्द हुँदासमेत मौन बस्नु राम्रो नभएको बताइन् । 

‘देशको सबैभन्दा ठूलो, जेठो त्रिभुवन विश्वविद्यालय विगत पाँच महिनादेखि बन्द छ । बारम्बार सदनमा विषयहरू उठेकै छन् । तैपनि सरकारको ध्यानाकर्षण हुन सकेको छैन । एक दिन एकछिन खुला गरेर गृहमन्त्रीज्यूको निर्देशनमा प्रहरीलाई साँची राखेर बन्द गर्ने काम भएको सुनिएको छ,’ सचिव अर्यालले भनिन्, ‘गृह मन्त्रालयको काम बन्द रहेको विद्यालय खुलाउने हो कि बन्द गर्ने ? लामो समयसम्म विश्वविद्यालय बन्द हुँदा प्रधानमन्त्री र शिक्षामन्त्री के हेरेर बस्नुभएको छ ? वार्ता गरेर खुलाउनुपर्छ कि पर्दैन ?’

सुझावित समाचार