पाँच प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानीचिह्न प्रदान

बुधबार, २५ जेठ, २०७९
डिजिटल संस्करण
पाँच प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानीचिह्न प्रदान

तस्बिर : नेपाल प्रहरी

पाँचजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरूलाई दर्ज्यानीचिह्न प्रदान गरिएको छ। मन्त्रिपरिषद्को गत २३ जेठको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका पाँचजना दर्ज्यानीचिह्नद्वारा सुशोभित भएका हुन्। 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई दर्ज्यानीचिह्न प्रदान गरेका हुन्। 

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरू  नवीन कार्ययोजनाका साथ अगाडि बढ्नुपर्ने बताए। महानिरीक्षक सिंहले हाल भइरहेका कामलाई निरन्तरता दिँदै सुधारका पक्षलाई समेत समेट्दै उत्कृष्ट काम गर्ने विश्वास लिएको बताए।

सुझावित समाचार