चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरे

बुधबार, २५ जेठ, २०७९
डिजिटल संस्करण
चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरे

स्याङ्जाको वालिङ– ६ बगैँचास्थित हेमबहादुर थापाको गोठमा चट्ट्याङले मरेका दुई भैँसी । तस्बिर : रासस

गएराति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुईवटा भैँसी मरेका छन् । वालिङ नगरपालिका– ६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका हुन् । 

गएराति २ बजे गोठमा चट्याङ पर्दा भैँसी मरेका हुन् । गोठमा दुईवटा भैँसी मात्रै थिए । दुवै भैँसी ब्याउने थिए । चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै बिजुली छैन ।

अहिले वडा प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । 

See More On

सुझावित समाचार