नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक

बुधबार, २५ जेठ, २०७९
डिजिटल संस्करण

नेपाल बैंकले सर्वसाधारणलाई वित्तीय ज्ञान दिलाउने उद्देश्यले वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरेको छ । बैंकले ‘आर्थिक समृद्घिका लागि वित्तीय साक्षरता’ नामक पुस्तिका प्रकाशन गरी सार्वजनिक गरेको हो । बैंकको मार्केटिङ तथा रिसर्च डिभिजनले तयार गरेको सो पुस्तिका विमोचन समारोहमा बैंकका सम्पूर्ण प्रदेशका प्रमुख र शाखा प्रबन्धकहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको जनाइएको छ । 

पुस्तिका विमोचनपछि बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले सम्पूर्ण नेपालीमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिवृद्घि गर्न पुस्तिका उपयोगी हुने बताए । वित्तीय साक्षरता कार्यक्रमहरूको प्रभावकारिताबाट नै आर्थिक समृद्घि हुन सक्ने उनको भनाइ थियो । सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्काले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशनबमोजिम वित्तीय साक्षरताका कार्यक्रमहरू अगाडि बढाइएको बताए । 

यस पुस्तिकाले वित्तीय साक्षरता अभिवृद्घि गर्न महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । मार्केटिङ तथा रिसर्च डिभिजन प्रमुख अर्जुनबहादुर कँडेलले वित्तीय साक्षरता वित्तीय समावेशीकरणको महत्वपूर्ण  आयामका रूपमा रहेको बताए । आगामी दिनमा पुस्तिकामा अझ सुधार र परिमार्जन गर्दै लैजाने उनको भनाइ थियो । 

सुझावित समाचार